केही महिना भित्रमा नै भक्तपुरका जनताले गालीले हैन, तालिले स्वागत गर्नु हुनेछ



भक्तपुर, कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफ्नो शुभकामना मन्तव्य राख्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले पछिल्लो समय सडक निर्माणको क्रममा जनतालाई केही समस्या उत्पन्न भइरहेको उल्लेख गर्दै अबको केही महिनामा उक्त सडकहरु कालोपत्रे भइसक्ने र त्यसपछि जनताले जनप्रतिनिधिलाई गाली गर्ने दिन समाप्त हुने दावी गर्नुभएको छ ।

सूर्यविनायक नगरपालिका वडा नं. ४ गाम्चा स्थिती शनिवार भएको छहारी बचत तथा ऋण सहकारी संस्थाको ९औं साधारण सभामा बोल्दै सांसद बस्नेतले भक्तपुरमा नीजि तथा सरकारी क्षेत्रको सहयोगले विकास र समृद्धिको यात्रा तिव्र गतिका साथ अघि बढेको उल्लेख गर्दै भक्तपुर मुलुककै लागि उदाहरणीय कार्य भएको जिल्लाको रुपमा परिचित हुँदै गएको बताउनुभयो ।

भक्तपुरमा निर्माणको प्रकृयामा रहेका साना ठूला आयोजनाहरु एक पछि अर्को गर्दै अघि बढिरहेको उल्लेख गर्दै राष्ट्रिय गौरवका आयोजनाहरु स्मार्ट सिटी, अन्तर्राष्ट्रिय रंगशाला, कवोर्ड हल, आधुनिक सभागृह, वीर अस्पताल, हनुमन्ते करिडोर, प्राणी उद्यान केन्द्रलगायतका ठूला ठूला आयोजनाहरु निर्माणका कार्यहरु समेत अघि बढेको जानकारी गराउनुभयो । त्यस्तै नीजि क्षेत्रको लगानीमा होम स्टे, प्याराग्लाईडिङ, बन्जी जम्प, इको भिलेजलगायतका कार्यहरु निर्माणको कार्यसमेत भइरहेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस