बैठकबाट हराएका नेकपा नेताहरू शीतलनिवासमा भेटिए: पार्टीमा खैलाबैला



काठमाडौँ– नेकपामा देखिएको विवा द सतहमा देखिन थालेको छ । नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेल, प्रदीप ज्ञवाली, वर्षमान पुन, घनश्याम भुसाल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र देवेन्द्र पौडेल सुरुमा बैठकमा उपस्थित भएनन् ।

‘नेताहरू कहाँ गए भनेर केहीबेर बैठकमा खल्लीबल्ली नै भयो’ एक स्थायी समिति सदस्यले भने । सदस्यहरूले राखेका प्रश्नमा जवाफ दिने तयारी गरेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सशंकित बने। स्रोतका अनुसार प्रचण्डले बैठकमै यति धेरै साथीहरू एकैपटक कहाँ गएको भनेर प्रश्न समेत गरेका थिए ।

एकाएक नेताहरू शितलनिवासमा भेटीए । उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बैठक चलिरहेकै बेला निवासमा बोलाएकी रहिछन । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक सक्रियता बढाइरहेको आरो प खेपिरहेका बेला फेरि सत्तारुढ नेकपा नेताहरुलाई स्थायी कमिटी बैठक चलिरहेकै बेला शीतल निवास बोलाएर करिब २ घण्टा छलफल गरेको भेतिएपछि नेकपा भित्रै खल्लीबल्ली भएको स्रोतले बताएको छ ।

राष्ट्रपति भण्डारीले नेताहरूलाई बिहानै बोलाएको र केहि घण्टा छलफल गरेको स्रोतले खुलाएको छ ।

प्रतिक्रिया दिनुहोस